×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विराटनगर महानगरमा संक्रमितको संख्या एक हजार नाघ्यो, मृत्यु हुनेको संख्या कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विराटनगर महानगरमा संक्रमितको संख्या एक हजार नाघ्यो, मृत्यु हुनेको संख्या कति ?

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विराटनगर
  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । विराटनगर महानगरपालिकामा संक्रमितको संख्या एक हजार नाघेको छ । विराटनगरमा ४२ जना नयाँ बिरामी थपिएसँगै सोमबार बिहानसम्ममा संक्रमित संख्या एक हजार १६ पुगेको छ । संक्रमितमध्ये तीन सय ८९ जना कोरोना जितेर घर फर्किसकेका छन् । संक्रमणका कारण हालसम्म विराटनगरमा ११ जनाले ज्यान गुमाइसकेका छन् ।
विराटनगर महानगरपालिका वडा नम्बर ८, ९ र १५ मा दुईरदुईजना संक्रमितको मृत्यु भएको छ । विराटनगर २, ३, ५ ,६ र १० मा एकरएक जना संक्रमितको मृत्यु भइसकेको छ ।  मृत्यु भएका ११ मध्ये अधिकांशमा दीर्घरोग देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । यसैबीच विराटनगरमा कोरोना संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा छन् । कोभिड अस्पतालमा बेड खाली नभएपछि संक्रमितहरु होम आइसोलेसनमा बस्न बाध्य भएको महानगरले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: