- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ। बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा २२.२१ प्रतिशत घटेको छ । अघिल्लो वर्षको असार मसान्तसम्ममा १ अर्ब ८९ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको साही अवधिसम्ममा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँमा सिमित रहेको छ । यता, यसअवधिमा वितरण योग्य नाफा पनि ३२.२५% घटेको छ । अघिल्लो वर्ष १ अर्ब ३० करोड १ लाख ९८ हजार रुपैयाँ रहेको वितरण योग्य नाफा असार सम्ममा ८८ करोड ७ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट देखिएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २७ पैसा घटेर १७ रुपैयाँ २६ पैसामा झरेको छ। ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ८० करोड ८४ लाख रुपैयाँ सञ्चित छ।
यस्तै बैंकको खुद ब्याज आम्दानी १९ करोड ७० लाख रुपैयाँले घटेर ३ अर्ब ५८ करोड २८ लाख रुपैयाँ खुम्चिएको छ। अघिल्लो वर्षको यहि अवधिमा बैंकले ३ अर्व ७७ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता सञ्चालन मुनाफा ६२ करोड ९६ लाख रुपैयाँ घटेर २ अर्ब ११ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।
असार मसान्तसम्ममा बैंकले ९२ अर्ब १० करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरेर ७५ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निष्क्रिय कर्जा १.५४ प्रतिशतबाट बढेर २.३५ प्रतिशत पुगेको छ। त्यसैगरी, बैंकको स्प्रेड दर ४.४० प्रतिशतबाट घटेर ३.८१ प्रतिशतमा झरेको छ भने आधारदर ९.९८ प्रतिशतबाट घटेर ८.७१ प्रतिशतमा झरेको विवरणमा उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्