×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउने झरीले चौपट बनाएको धनगढीको व्यापार, ११ तस्विरमा हेर्नुहोस् सुनसान बनेका किराना र पान पसल (फोटो-कथा)

PRIME CA

साउने झरीले चौपट बनाएको धनगढीको व्यापार, ११ तस्विरमा हेर्नुहोस् सुनसान बनेका किराना र पान पसल (फोटो-कथा)

२८ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम प्रदेश 

धनगढी । लगातारको साउने झरीका कारण धनगढीका व्यापार चौपट भएका छन् । कोरोना भाइरसका कारण थिलोथिलो भएका व्यापारहरु लगातारको वर्षा र डु्बानका कारण पुनः समस्यामा परेका छन् । 

व्यापार सुनसान र पसल खोलेर केहि व्यापारी सुतिहरैको देखेपछि अर्थ सरकोकारको टिम उक्त क्षेत्रमा पुगेको थियो । उक्त विषयमा बुझ्दा झरीका कारणले यतिबेला व्यापार चौपट पारेको उनिहरुले गुनासो गरेका छन् । धनगढीमै पान पसल सञ्चालन गर्दै आएका तिर्थ लुहारले आम्दानी शून्य जस्तै रहेको बताए । उनले भने, ‘पहिला कोरोनाका कारणले पसल खोल्न पाइएन अहिले पसल खोल्ने बाटो खुलेको भएपनि लगातारको वर्षा र डुबानका कारण व्यापार चौपटै भएको छ ।’ सामान्य दिनमा दैनिक १५ सय सम्मको आम्दानी गर्ने लुहारले अहिले भने दैनिक २ देखि ३ सयमै चित्त बुझाउँदै आएका छन् । 

साउने झरीका कारण पछिल्लो २ सातादेखी व्यापारीहरु डुबानको समस्या झेलीरहेका छन् । समयमै नगरपालिकामा ढल निकासको व्यवस्थापन हुन नसक्दा उक्त समस्या भोगिरहेको स्थानियले बताएका छन् । वर्षाका कारण व्यापार नै चौपट भएपछि दैनिकी चलाउन नै मुस्किल भएको धनगढीका व्यापारीले बताएका छन् । साउने झरीका कारण सुनसान बनेका धनगढीका किराना तथा पान पसल ! हेर्नुहोस् फोटो फिचरमा…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: