
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (कोभिड १९) का कारण रमाउने र समय व्यतित गर्ने धनगढीका अधिकांश ठाउँहरु यतिबेला सुनसान बनेका छन् । कोरोना भाइरसको संक्रमण फैलिएसँगै शिल गरिएका पार्क तथा घुमघामका क्षेत्रहरु अझैपनि सञ्चानलनमा आउन सकेका छैनन् ।


धनगढी उपमहानगरपालिकामा पछिल्लो समय पार्क तथा वनस्पति उद्यान सबैको आकर्षणको केन्द्रबिन्दु बनेको छ । तर कोरोना भाइरसका कारण अहिले यि क्षेत्रहरु पुर्णरुपमा शिल गरिएका छन् । पार्क तथा वनस्पति उद्यान क्षेत्रभित्र अहिले सुरक्षाकर्मीलाई सकेत प्रवेश निषेध गरिएको वनस्पति अनुसन्धान केन्द्र कैलालीका कार्यालय प्रमुख लक्ष्मण झा ले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्क क्षेत्रमा दैनिक जिल्ला भरि तथा जिल्ला बाहिरबाट पनि घुमफिरका लागि आउने भएकोले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यी क्षेत्र शिल गरेका हौँ ।’


घुमफिर तथा पर्यटकिय क्षेत्रको रुपमा विकास भएको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ देवरिया स्थित देवरिया वनस्पति उद्यान, त्यसैगरि वडा नम्बर १ स्थित दशरथ भीम उद्यान, वडा नम्बर ३ स्थित फन सिटी लगाएतका क्षेत्रहरु यतिबेल सुनसान बनेका छन् । यद्यपि अहिले लकडाउन अन्त्य भएको भएतापनि संक्रमणको जोखिम कायमै रहँदा सञ्चालनमा ल्याउन समस्या परेको सञ्चालकहरुले बताएका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्