![](https://arthasarokar.com/wp-content/uploads/2020/08/Dhan2Bpark2BPhoto2Bfeature.jpg)
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (कोभिड १९) का कारण रमाउने र समय व्यतित गर्ने धनगढीका अधिकांश ठाउँहरु यतिबेला सुनसान बनेका छन् । कोरोना भाइरसको संक्रमण फैलिएसँगै शिल गरिएका पार्क तथा घुमघामका क्षेत्रहरु अझैपनि सञ्चानलनमा आउन सकेका छैनन् ।
![](https://arthasarokar.com/wp-content/uploads/2020/08/Dhan2Bpark2B03.jpg)
![](https://arthasarokar.com/wp-content/uploads/2020/08/Dhan2Bpark2B05.jpg)
धनगढी उपमहानगरपालिकामा पछिल्लो समय पार्क तथा वनस्पति उद्यान सबैको आकर्षणको केन्द्रबिन्दु बनेको छ । तर कोरोना भाइरसका कारण अहिले यि क्षेत्रहरु पुर्णरुपमा शिल गरिएका छन् । पार्क तथा वनस्पति उद्यान क्षेत्रभित्र अहिले सुरक्षाकर्मीलाई सकेत प्रवेश निषेध गरिएको वनस्पति अनुसन्धान केन्द्र कैलालीका कार्यालय प्रमुख लक्ष्मण झा ले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्क क्षेत्रमा दैनिक जिल्ला भरि तथा जिल्ला बाहिरबाट पनि घुमफिरका लागि आउने भएकोले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यी क्षेत्र शिल गरेका हौँ ।’
![](https://arthasarokar.com/wp-content/uploads/2020/08/Dhan2Bpark2B02.jpg)
![](https://arthasarokar.com/wp-content/uploads/2020/08/Dhan2Bpark2B04.jpg)
घुमफिर तथा पर्यटकिय क्षेत्रको रुपमा विकास भएको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ देवरिया स्थित देवरिया वनस्पति उद्यान, त्यसैगरि वडा नम्बर १ स्थित दशरथ भीम उद्यान, वडा नम्बर ३ स्थित फन सिटी लगाएतका क्षेत्रहरु यतिबेल सुनसान बनेका छन् । यद्यपि अहिले लकडाउन अन्त्य भएको भएतापनि संक्रमणको जोखिम कायमै रहँदा सञ्चालनमा ल्याउन समस्या परेको सञ्चालकहरुले बताएका छन् ।
![](https://arthasarokar.com/wp-content/uploads/2020/08/Dhan2Bpark2B06.jpg)