×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विपदका बेला हन्ड्रेड समूहको सामाजिक कार्य, खुला मञ्चमा दैनिक ५ सयलाई नि: शुल्क खाना खुवाउँदै ! (भिडियो रिपोर्ट)

PRIME CA

विपदका बेला हन्ड्रेड समूहको सामाजिक कार्य, खुला मञ्चमा दैनिक ५ सयलाई नि: शुल्क खाना खुवाउँदै ! (भिडियो रिपोर्ट)

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । हन्ड्रेड समूहले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाई निःशुल्क खाना खुवाउँदै आएको छ । दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्दै आएकाहरुलाई र असहाय व्यक्तिहरुलाई काठमाडौंको खुला मञ्चमा हन्ड्रेड समूहले खाना खुवाउँदै आएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु भएपछि चैत १८ गते देखि नै निरन्तर सडकमा खाना खुवाउँदै आएका यी दुई समूहले यसपटक खुलामञ्चमा दैनिक दिउसो ४ बजेपछि खाना खुवाउँदै आएका छन् । उनीहरुले खाना खुवाउन थालेपछि दैनिक रुपमा ज्यालादारी गरेर जीविको पार्जन गर्दै आएका मानिसहरु दिनहुँ खानाको प्रतीक्षमा रहेका हुन्छन् । 
नियमित रुपमा कमाई गरी जीवन धान्दै आएकाहरु लकडाउन र निषेधाज्ञाका कारण काम नपाउँदा समस्यामा परेका छन् । तीनै व्यक्तिहरुलाई खाना खुवाउने उद्देश्यले युवा अभियान्ताहरु दैनिक रुपमा दिउँसो ४ बजे खाना लिएर खुलामञ्च पुग्छन् । त्यतिनै बेला दिउसो ३ बजेदेखि नै खाना खानका लागि मानिसहरु पुगिसेका देखिन्छन् । देश विदेशमा रहेका शुभचिन्तकहरुको सहयोगमा खाना खुवाउँदै आएको अभियान्ताहरुले बताएका छन् । अहिले उनीहरुले दैनिक ५ सयको हाराहारीमा मानिसहरुलाई खाना खुवाउँदै आएका छन । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: