Skip to content
LAXMI SUNRISE BANK

गरिमा विकास बैंकको खुद नाफा ५३ करोड ९३ लाख रुपैयाँ, प्रति सेयर आम्दानी कति ? (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गरिमा विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले ५३ करोड ९३ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा  ९.२७ प्रतिशतले थाेरै हाे । गत वर्षकाे यसै अवधिसम्ममा बैंकले ५९ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे । 
यस्तै, बैंकको खुद व्याज आम्दानी २२ कराेड रूपैयाँले बढेर १ अर्ब ६२ करोड रुपैयाँ पुर्याउन सफल भएकाे छ ।  गत वर्षकाे यसै अवधि सम्ममा बैंकले १ अर्ब ४० करोड रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे । त्यसैगरी, समिक्षा अवधिमा बैंकले सञ्चालन नाफा ८६ करोड ४६ लाख २२ हजार रुपैयाँबाट घटेर ७६ करोड २३ लाख २५ रूपैयाँमा खुम्चिए। उक्त मुनाफा अघिल्लो वर्षकाे यसै अवधिको तुलनामा ११.८३ प्रतिशतले थाेरै हाे ।
बैंककाे चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ छ भने जगेडा कोषमा ७२ करोड ६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बैंककाे प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६५ पैसा र प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ १५ पैसा रहेकाे छ । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK