×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकैदिन १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

PRIME CA
GLOBAL IME BANK

एकैदिन १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

२१ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बुधबार सुनको मूल्यले नयाँ इतिहास कायम गरेको छ । सुनको मूल्य एकैदिन १६ सयले बढेको छ। 
 मंगलबार प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ६ सय रुपैयाँले बढेर १ लाख १ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख नाघेको हो । सुनको मूल्य अझै बढ्नसक्ने जानकारहरुको भनाई छ ।
यता, चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेर प्रति तोला एक हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) प्रति १० ग्राम सुनको मूल्य ८६ हजार ९ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १० रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: