- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम सुनको मूल्य ८३ हजार ५ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७० रुपैयाँ कायम गरेको छ ।