×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको भाउमा अर्को नयाँ रेकर्ड, जानकार भन्छन् ‘मूल्य अझै बढ्छ’

PRIME CA

सुनको भाउमा अर्को नयाँ रेकर्ड, जानकार भन्छन् ‘मूल्य अझै बढ्छ’

२० श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । केहिदिन यता लगातार बढिरहेको सुनको मूल्य सोमबार भने स्थिर रहेको थियो । यद्यपि आज भने बढेको छ । सुनको मूल्य अझै बढ्नसक्ने जानकारहरुको भनाई छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (मंगलबार) १० ग्राम सुनको मूल्य ८५ हजार ५ सय ६५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: