- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रति तोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले घटेर प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर प्रतितोला एक हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (मंगलबार) प्रति १० ग्राम सुनको मूल्य ८७ हजार १ सय ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य प्रति १० ग्राम १ हजार २ सय ३० पैसा कायम गरेको छ ।