×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्थानीयहरुलाई सहभागी नगराई गुरुयोजना बनाइएकोप्रति सांसद नरोत्तम वैद्यको आक्रोश, गरे यस्तो टिप्पणी…! (भिडियो)

PRIME CA

स्थानीयहरुलाई सहभागी नगराई गुरुयोजना बनाइएकोप्रति सांसद नरोत्तम वैद्यको आक्रोश, गरे यस्तो टिप्पणी…! (भिडियो)

१८ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषले बनाएको गुरुयोजनाका बारेमा सरोकारवालाहरुसँग छलफल गरेको गरेको छ । कोषले बनाएको गुरुयोजना विवादमा तानिएपछि मन्त्री योगेश भट्टराईले आज सरोकारवालाहरुसँग छलफल गर्नुभएको हो । 
छलफलमा सहभागि नेपाली कांग्रेसका नेता गगन थापाले त्यो ठाउँबाट स्थानीयलाई स्थानान्तरण गर्न खोजे सांस्कृतिक विषयहरु लोप हुँदै जाने बताउनुभयो । स्थानीयहरुको प्रत्यक्ष सहभागिता नभए प्राचिनदेखि चल्दै आएका जात्रा र पर्वहरु समेत बन्द हुन सक्ने उहाँले बताउनुभयो । स्थानीयहरुको सहभागिता नभए जतिसुकै स्रोतको व्यवस्थापन भएपनि जात्रा गर्न नसकिने उहाँले बताउनुभयो ।
कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले स्थानीयहरुलाई सहभागी नगराई गुरुयोजना बनाइएकोप्रति आक्रोश व्यक्त गर्नुभयो । गुरुयोजनामा धेरै विषयहरु छुटेकोले सरोकारवालाहरुको सहभागितामा बनाउनुपर्ने बताउनुभयो । उहाँले गुरुयोजनालाई ‘निवन्ध जस्तो छ । पुलिन्दा जस्तो छ ।’ भनेर टिप्पणी गर्नुभयो ।
मन्त्री भट्टराईले पशुपति क्षेत्रमा हुने जात्रा र पर्वहरु सञ्चालनका लागि अक्षयकोषको स्थापना गर्नुपर्ने बताउनुभयो । छलफलमा मन्त्री भट्टराईले १० करोडको अक्षयकोष निर्माणका लागि प्रस्ताव गर्नुभयो । ५० प्रतिशत रकम पशुपति क्षेत्र विकास कोषबाट र ५० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने गरी अक्षयकोष स्थापना गर्नुपर्ने उहाँले बताउनुभयो ।
तत्कालका लागि गुरु योजनाको काम स्थगित भएको छ । छलफलपछि एक महिना गुरुयोजनाको काम स्थगित गरेर सरोकारवाला निकायसँग छलफल गर्नका लागि तीन सदस्यीय समिति गठन गरिएको छ । समितिलाई एक महिनाभित्र सरोकारवाला, स्थानीय, सम्बन्धित क्षेत्रका विज्ञ एवं इतिहासविद् र संस्कृतिविद्हरुसँग छलफल गरेर प्रतिवेदन बुझाउन भनिएको छ । गत पुस १९ गते कोषको बैठकले पारित गरेको गुरुयोजनामा पशुपति क्षेत्रभित्रका पुराना बस्तीहरु उठाउनेसम्मको योजना समेटिएपछि स्थानीयहरु आन्दोलनमा छन् । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: