Skip to content
LAXMI SUNRISE BANK

कालिका लघुवित्तको भएन प्रगति, खुद नाफा ७६.५३ प्रतिशतले गिरावट ! (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं – कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्बजनिक गरेको विवरण अनुसार संस्थाले ४८ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ७६.५३ प्रतिशतले  कम हो । अघिल्लो वर्षको यहि अवधिमा संस्थाले  २ करोड ७ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
यस्तै, संस्थाको खुद ब्याज आम्दानी २१.२४ प्रतिशतले बढेर १६ करोड ३२ लाख ८८ हजार रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको यहि अवधिमा संस्थाले १३ करोड ४६ लाख ७६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । प्रकाशित विवरण अनुसार संस्थाको सञ्चालन नाफा भने ऋणात्मक गएको छ । अघिल्लो आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे १ करोड १८ लाख ४६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाेमा हाल २ करोड ९३ लाख १३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
त्यस्तै, संस्थाकाे प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८२ पैसा र प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ६१ पैसा रहेकाे विवरणमा उल्लेख छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK