
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीमा बिहिवार राति १२ बजेदेखि १४ गतेसम्माका लागि निषेधाज्ञाको घोषणा गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
यो अवधिमा औषधि, खाद्यबस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन्। अत्यावश्यक कामका लागि बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ। अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ। सम्पुर्ण व्यापार व्यवसाय समेत सञ्चालनमा समेत रोक लगाईएको छ।
यस्तै डिपार्टमेन्ट स्टोर, सैलुन, व्युटिपार्लर, जिमखाना, फुटपाथमा संचालन हुने व्यापार, होटर तथा रेष्टुरेन्ट खोल्न नपाइने निर्णय समेत भएको छ। खाद्यान्न, तरकारी, दुध, फलफुल, मासुको हकमा सुरक्षाका मापदण्ड पालना गरी खोल्न सकिने जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको छ। जिल्ला भित्र प्रवेश निषेध गरिने निर्णय पनि भएको छ। अत्यावश्यक कार्यालयमा कार्यरत कर्मचारीले भने फोटो सहितको परिचयपत्रका आधारमा सवारी संचालन गर्न दिइने भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्