×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रजहरको आइसोलेशन घरभन्दा बढी सुरक्षित, प्राकृतिक चिकित्सा विधिबाट संक्रमितको उपचार हुँदै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रजहरको आइसोलेशन घरभन्दा बढी सुरक्षित, प्राकृतिक चिकित्सा विधिबाट संक्रमितको उपचार हुँदै

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

नवलपरासी । पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा सञ्चालित आइसोलेशन केन्द्रमा उपचाररत कोरोना सङ्क्रमितले आफुहरुले घरमा भन्दा बढी सुरक्षित महसुस गरेको बताएका छन् । चिकित्सालयमा उपचार गराइरहेका कोरोना सङ्क्रमित पत्रकार रमेश बस्ताकोटीले यस तहको आइसोलेशन केन्द्र राम्रो रहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो “यहाँ घरमा भन्दाबढी ख्याल गरिएको छ । सङ्क्रमितको खाना , व्यायम, योगा, ध्यानदेखि लिएर जडिबुटी जन्य औषधिको प्रयोगमा प्रत्यक्ष चिकित्सकले निगरानी गर्छन् ।” उहाँले त्यहाँ पुगेपछी सङ्क्रमितको मनोबल उच्च हुने बताउनुभयो । यहाँको कुशल व्यवस्थापन, स्वास्थ्यकर्मीले गर्ने व्यवहार तथा पारिवारिक वातावरणको सङ्क्रमितले खुलेर प्रशंसा गरेका छन् । प्राकृतिक चिकित्सा पद्धतिमा उपचार गर्नका लागि समुदायको पहलमा विसं २०६४ मा महायज्ञ लागाएर स्थापना गरिएको यस अस्पताललाई यतिबेला कोरोना सङ्क्रमितको उपचार गर्ने गरी अस्थायी कोरोना अस्पतालका रुपमा सञ्चालन गरिएको हो । 
जिल्लाका स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेश सरकारको पहलमा जिल्लाकै पहिलो कोरोना अस्पतालका रुपमा सेवा प्रदान गरेको चिकित्सालयले पहिलोपटक प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार शुरु गरेको अस्पतालका निर्देशक चिकित्सक बिनोद पौडेलले जानकारी दिनुभयो । सो अस्पतालबाट हालसम्म ३२९ जना कोरोना मुक्त भएर घर फर्किएका र हाल १०५ जना सङ्क्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ । सो अस्पतालमा स्वस्थ खानेकुरा खान दिएर छिटो रोग प्रतिरोधात्मक क्षमता बढाउँदै सङ्क्रमितलाई स्वस्थ बनाउनका लागि प्राकृतिक उपचार गरिदैं आएको छ । 
सङ्क्रमित व्यक्तिलाई मानसिक र शारीरिकरुपमा स्वस्थ राख्नका लागि पर्याप्त दूरी कायम गरी योग, ध्यान र प्राणायामको दिनहुँ अभ्यास गराइन्छ । उहाँले भन्नुभयो “हाम्रो प्रयास सङ्क्रमितलाई चाँडो सङ्क्रमणमुक्त बनाउने नै हो । धेरै सङ्क्रमित १० देखि १५ दिनभित्र निको भएका छन् । उहाँहरु सबैको मनोबल उच्च रहेको छ । “प्राकृतिक चिकित्सा विधिबाट उपचार गरिएकाले बिरामीमा जटिलता आएको छैन र सङ्क्रमित खराब अवस्थामा पुगेका छैनन् ।”उहाँले भन्नुभयो । खानाको बारेमा बुझाएपछि बिरामी आफैँले माछामासु खान मन नगरेको उल्लेख गर्दै सबैलाई सन्तुलित आहार प्रदान गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालको सुरुआती अवस्थादेखि नै व्यवस्थापन हेर्दै आउनुभएका हरि सापकोटाले आफुहरुको ध्यान नै सङ्क्रमितलाई खुशी बनाएर छिटो निको पार्नेमा केन्द्रित हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“हाम्रा सबै कर्मचारीको ध्यान नै सङ्क्रमित छिटो निको होस् भन्ने हुन्छ, सबै दिनरात सेवामा खट्नु हुन्छ, सेवाग्राही पनि खुशी देख्छु । ” प्राकृतिक चिकित्साको विधिबाट उपचार गरिने भएकाले त्यो कोरोनाको सन्दर्भमा प्रभावकारी देखिएको जनाइएको छ । सङ्क्रमितलाई दैनिक चार पटक खानेकुरा र प्रसस्त फलफुल दिने गरिन्छ । सङ्क्रमितको उपचारका लागि चिकित्सालयले कुनै शुल्क लिएको छैन ।
सङ्क्रमण देखिएपछि अस्पताल पुगेका कावासोती नगरपालिका–२ का भरत पोखरेलले अस्पतालको सेवाबाट आफू अत्यन्त प्रभाबित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालको उपचार पद्धति, खानपान र चिकित्सकको व्यवहार, पारिवारिक वातावरणले कोरोनालाई सजिलै परास्त गर्न सकिने विश्वास लागेको छ, साच्चै यो देशकै नमूना आइसोलेसन हो ।“ रोटरी क्लब अफ कावासोतीका सस्थापक अध्यक्षसमेत रहनुभएका उहाँले सेवाबाट प्रभाबित भएर रोटरी क्लबमार्फत सङ्क्रमितका लागि आवश्यक सामानसमेत जुटाइदिनुभएको छ । उहाँले शनिबार मात्र रु ७० हजार बराबरको सामान सहयोग जुटाइदिनुभएको थियो । 
उहाँले भन्नुभयो “अस्पतालमा गरिने प्राकृतिक पद्धतिको उपचार, विहानको योग, ध्यान र बेलुकी पखको खेलकुद, अन्य रमाइलो कार्यक्रमले हामीलाई तनाव मुक्त बनाएको छ ।” प्राकृतिक सुन्दरता, हरियाली र शान्त वातावरणले पनि उपचार र बसाइँ निकै सहज भएको उहाँको भनाइ छ । छिट्टै कोरोनालाई जितेर फर्किने बिश्वास उहाँले गर्नुभयो । सङ्क्रमितको उपचारका लागि जिल्ला समन्वय समिति, जिल्लाका आठ वटै स्थानीय तह र प्रदेश सरकारले खर्च व्यवस्थापन गरेका छन् । –रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: