×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स लाइफ इन्स्योरेन्सको चौथौ त्रैमास: खुद बिमा शुल्क ८७.२३ प्रतिशतले बढ्यो, कति कमायो नाफा ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

रिलायन्स लाइफ इन्स्योरेन्सको चौथौ त्रैमास: खुद बिमा शुल्क ८७.२३ प्रतिशतले बढ्यो, कति कमायो नाफा ? (विवरणसहित)

२३ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७६/७७को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ४ करोड ३३ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनमा ४८.४५% ले धेरै हो । अघिल्लो वर्ष कम्पनीले २ करोड ९२ लाख १९ हजार रुपैयाँ नाफा कमाएको थियो । 
यस्तै, कम्पनीको खुद बिमा शुल्क पनि ८७.२३% ले बढेको छ । अघिल्लो वर्ष ७३ करोड ११ लाख ४४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष बढोत्तरी गरी १ अर्ब ३६ करोड ८९ लाख ६१ हजार रुपैयाँ पुर्याएको छ । 
प्रकाशित विवरण अनुसार यो चौथौ त्रैमाससम्ममा कम्पनीको जीवन बिमा कोषको आकार १५९.०१% ले बढेर १ अर्ब १४ करोड ७५ लाख ७३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा जीवन बिमा कोष ४४ करोड ३० लाख ६१ हजार रुपैयाँमात्र थियो । यता, कम्पनीले ७ करोड ३८ लाख ७८ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको विवरणमा उल्लेख छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ छ । कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९५ पैसा र नेटवर्थ ११० रुपैयाँ ८३ पैसा रहेको विवरणमा उल्लेख छ ।  कम्पनीले आइपीओ बिक्रीका लागि अन्तिम तयारीमा गरि रहेको छ । कम्पनीले  ६३ लाख कित्ता आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरि सकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: