×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिन्दु नारीहरुले यसरी मनाए ऋषि पञ्चमी (फोटो-कथा)

काठमाडौं । आज भाद्र शुक्ल पञ्चमी आर्थात ऋषि पञ्चमी नेपाली हिन्दु नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधाना गरी मनाउँदैछन् । महिलाहरुले विहानै नदी, खोला, तलाउमा पुगेर ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने र गाईको गोबर, माटो र खरानीबाट स्नान गरी शुद्ध हुने गर्दछन् । त्यसपछि अरन्धतीसहित अत्रि, गौतम, भारद्धाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने प्रचलन रहेको छ । 
रजस्वलाको अवस्थामा छाइछुई भएको भए ऋषि पञ्चमीको दिन पूजा आराधाना गर्दा मुक्ति पाइने धार्मिक विश्वास रहेकाले यस दिन महिलाहरुले विशेष पूजाआराधना गर्दछन । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण सरकारले निषेधाज्ञा जारी गरेपछि टेकु लगायतमा ऋषेश्वर मन्दिरहरुमा पूजा आराधनाका लागि रोक लगाइएको छ । तरपनि महिलाहरुले मन्दिरको गेटमा नै पूजा गरी फर्किएका छन् । मन्दिरमा पूजा आराधना गर्न नपाएपछि उपतयकाका अधिकांश महिलाहरुले घरमै पूजा आराधना गरेका छन् । 
प्रशासनले पनि बिहानै देखि बागमती, मनोहरा, विष्णुमती लगायतका नदीहरुमा स्नानका लागि भीड जम्मा हुन नदिने व्यवस्था मिलाएको छ । तरपनि महिलाहरु नदी र खोला किनारमा पुगेर स्नान गरेका छन् । आजको दिन ऋषिको पूजा आराधना सम्पन्न गरिसकेपछि टुसा उम्रेका अन्न कागुनो, कन्दमूल र कर्कला आदि एक छाक खाई हविष्य बस्ने पनि प्रचलन रहेको छ । बाँकी फोटोमा…
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: