- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले ३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४९.६७ प्रतिशतले कम हो । अघिल्लो वर्षको अन्त्यसम्ममा ६ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चौथो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा १ करोड ३० लाख रुपैयाँ रहेको छ।
प्रकाशित विवरण अनुसार बैंकले ४४ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले २९ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, सञ्चालन नाफा ७ करोड ३२ लाख रुपैयाँबाट घटेर ४ करोड ६४ लाख रुपैयाँमा झरेको छ।
असारमसान्तसम्म बैंकले ३ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको चुक्ता पुँजी ७८ करोड ७१ लाख रुपैयाँबाट बढेर ८३ करोड ४३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, जगेडा कोष पनि ८ करोड ९९ लाख रुपैयाँबाट बढेर ९ करोड ४४ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको खराव कर्जा २.२० प्रतिशतबाट घटाएर १.६५ प्रतिशतमा झारेको छ। बैंकको आधार दर ११.०४ प्रतिशत छ भने स्प्रेड दर ७.४१ प्रतिशत छ। प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९५ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ २८ पैसा रहेको विवरणमा उल्लेख छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्