×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको खुद नाफा घट्यो, प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३८ पैसा ! अन्य सूचक यस्ता छन्… (विवरणसहित)

PRIME CA

सिद्धार्थ बैंकको खुद नाफा घट्यो, प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३८ पैसा ! अन्य सूचक यस्ता छन्… (विवरणसहित)

२६ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं- सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले २ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ७.३० प्रतिशत कम हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । सिद्धार्थको वितरणयोग्य नाफा भने ८६ करोड ६४ लाख रुपैयाँ रहेको छ । 
बैंकको खुद ब्याज आम्दानी भने १९.७२ प्रतिशतले बढ्दा सञ्चालन नाफा ६.६४ प्रतिशतले घटेको छ । असार मसान्तसम्ममा बैंकले २ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको यसै अवधिमा बैंकले २ अर्ब २५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यो  चौथौ त्रैमाससम्ममा बैंकले निक्षेप संकलन र कर्जा लगानी भने क्रमशः २१.५० प्रतिशत र १७.८२ प्रतिशत ले बढाउन सफल भएको छ । बैंकले १ खर्ब ३९ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ४४ करोड कर्जा प्रवाह गरेको छ। हाल बैंकको चुक्ता पुँजी  ९ अर्ब ७८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ अर्ब २४ करोड रुपैयाँ छ ।
यता, बैंकको खराब कर्जा अनुपात ०.७५ बाट बढेर १.५६ प्रतिशतमा पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २१ पैसाले घटेर २१ रुपैयाँ ३८ पैसामा आएको छ । यसको प्रति शेयर नेटवर्थ १६३ रुपैयाँ २२ पैसा रहेको रहेको विवरणमा उल्लेख छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: