×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ आपूर्ति निर्भरतालाई ‘स्थायी रूपमा’ अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता !

PRIME CA

चिनियाँ आपूर्ति निर्भरतालाई ‘स्थायी रूपमा’ अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता !

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू फेरि राष्ट्रपति चुनिएमा चीनसँगको निर्भरतलाई पूर्ण र स्थायी रुपमा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “हामी अमेरिकाको विनिर्माण स्वतन्त्रतालाई पूर्ण रूपमा पुनर्स्थापित गर्नेछौं । हाम्रो महत्वपूर्ण आपूर्ति श्रृंखलाहरू ल्याउनेछौं र चीनमा हाम्रो निर्भरतालाई स्थायी रूपमा अन्त्य गर्नेछौं,” ट्रम्पले २०२० को काउन्सिल फर नेशनल पोलिसी बैठकमा वाशिंगटनमा भने । 
बिहीबार डेमोक्रेटिक अधिवेशनमा आफ्नो स्वीकृति भाषणको क्रममा जो बाइडेनले राष्ट्रपति चुनिएमा अमेरिकाको आपूर्ति श्रृंखला अब चीन र अन्य विदेशी देशहरूमा निर्भर नहुने बताएका थिए । ट्रम्प र बाइडेल विशेगरी बेइजिङविरुद्धको कडा नीति ल्याउने अभियानमा प्रतिस्पर्धा गरिरहेका छन् । 
संयुक्त राज्य अमेरिका र चीनले जनवरीमा दुई देशहरू बिच विस्तारित ट्यारिफ युद्धपछि व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता अन्तर्गत, बेइजिङ यस वर्षकोबीचमा विस्तार गर्न प्रतिबद्ध छ र यसको केही अमेरिकी उत्पादन र सेवाहरूको खरीद २०१७ को स्तरबाट संयुक्त रूपमा २०० बिलियन डलरको पुर्‍याउने जनाइएको थियो । 
यद्यपि यो सम्झौतामा हस्ताक्षर भएको लगत्तै कोभिड-१९ महामारीको अवरोधका कारण वाशिङ्टन बेइजिङमा सम्झौताको कार्यान्वयन गर्न समस्या भएको थियो । -पब्लिक न्युज एजेन्सी 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: