- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टिम (नेप्स)ले एटिएम मेसिन नछोइ पैसा निकाल्न मिल्ने प्रविधिको विकास गर्ने भएको छ । नेप्सका प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बाले एटिएम मेसिनभित्र एटिएम कार्ड नछिराइ देखाएको भरमा पैसा निकाल्न मिल्ने प्रविधिको विकास गरिरहेको जानकारी दिए ।
उनले भने ‘एटिएममा नछोइ नगद कसरी निस्कन्छ भन्ने प्रविधिमा हामी लाग्न खोजिरहेका छौ।’ लकडाउनकै अवधिमा पनि नेप्सले विभिन्न काम गरिरहेको उनले जानकारी दिए। यस अवधिमा साइबर सेक्युरिटिजका लागि युनिटी अप्रेसन सेन्टरको स्थापना गरिएकाे छ। यो काम यसै महिनाको अन्तिसम्ममा सक्ने योजना बनाएको सुब्वाले जानकारी दिए।
नगदरहित कारोबारका लागि नियामक निकायले लिएका नीति कार्यान्वयनतर्फ अगाडि बढिरहेकाे उनले प्रस्ट पारे। साथै नेप्सले आफ्ना आन्तरिक क्षमता बढाउनेतर्फ पनि काम गरिरहेको उनले बताए।
उनले भने ‘यसका लागि डोमेन्सटिक राउटरिङ कसरी गर्न सकिन्छ भन्नेदेखि लिएर आफ्नो क्षमता बढाउने काम भैरहेको छ।’
कोभिड-१९ को रोकथाम तया नियन्त्रणका लागि भौतिक दूरी काम गर्नुपर्ने अवस्थालाई हेरेर पनि डिजिटल भुक्तानी गर्नुपर्ने अवस्था छ। यसका लागि विभिन्न प्रविधिको विकास र त्यसक्रममा आउन सक्ने चुनौतीको पनि समाधान गर्दै जानु पर्ने अवस्था छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्