×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिंङ्ग सेवाका प्रतिनिधि तस्विरः एसबिआई र एनएमबीको सेवा जोखिमपूर्ण, कुमारीको सेवा व्यवस्थित भएन !

अर्थ सरोकार

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार

PRIME CA

बैंकिंङ्ग सेवाका प्रतिनिधि तस्विरः एसबिआई र एनएमबीको सेवा जोखिमपूर्ण, कुमारीको सेवा व्यवस्थित भएन !

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । निषेधाज्ञा खुकुलो भएसँगै धनगढीमा सर्वसाधरणको चहलपहलमा वृद्धी देखिएको छ । सोमबार धनगढीको सेवा अन्य समयको भन्दा केही सुधारिएको भेटिएको भएतापनि केहि बैंकको सेवा भने निकै जोखिमपुर्ण देखिएको छ ।
धनगढीमा रहेको नेपाल एसबिआई बैंक लिमिटेडको शाखामा सबैभन्दा बढी भिडभाड देखिएको छ । स्वास्थ्यका मापदण्डको कमैमात्र पालना गरेको उक्त बैंकको शाखामा पछिल्लो समय सेवाग्राहीको भिड निकै देखिन थालेको हो । बैंकमा पुग्ने सेवाग्राहीहरु ठेलाठेल गरेर सेवा लिईरहेका देखिन्छन् । सामाजिक तथा भौतिक दुरी बिना नै सेवा प्रवाह गरिदा संक्रमणको जोखिम उच्च देखिएको छ । 
त्यस्तै पछिल्लो समय कोरोनाको भय नमान्ने बैंकमध्यको एनएमबी बैंक लिमिटेडमा पनि सेवाग्राहीको भिडभाड देखिएको छ । सेवा लिनका लागि बैंकमा पुग्ने कतिपय सेवाग्राहीले मास्क समेत लगाएका छैनन् । बैंकभित्र सुरक्षाको पुरा रुपमा व्यवस्था गरेको बैंकले दावी गर्दै आएको भएतापनि सर्वसाधरणको भिड व्यवस्थापनमा भने उक्त बैंक चुकेको देखिन्छ । 
त्यस्तै सोमबार भिडभाड देखिएमध्येको अर्को हो कुमारी बैंक लिमिटेड । केही समय अगाडी कुमारी बैंक लिमिटेडले दिने सेवा निकै जोखिमपुर्ण देखिएको थियो । पछिल्लो समय कोरोनाको संक्रमण फैलिरहेका बेला बैंकको सेवा केही सुधारीएको भएतापनि व्यवस्थित भने अझै बन्न सकेको छैन । बैंकले स्वास्थ्यका मापदण्ड अपनाएको भएतापनि सर्व साधरणको बीचमा कायम गर्नुपर्ने भौतिक दुरी भने कायम गरिएको छैन । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: