Skip to content
LAXMI SUNRISE BANK

एक लाखको कोरोना बिमा गर्नेले अब २५ प्रतिशतमात्रै दाबी भुक्तानी पाइने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बिमा समितिले कोरोना बिमाको मापदण्ड परिवर्तन गरेसंगै अब  एक लाख रुपैयाँको कोरोना बिमा गर्नेले २५ प्रतिशतमात्रै दाबी भुक्तानी पाउने भएका छन् । मापदण्ड परिवर्तन गर्ने क्रममा दाबी भुक्तानी २५ हजार रुपैयाँमात्रै पाउने र अस्पताल भर्ना भएका बिमितले एक लाख रुपैयाँसम्मको उपचार खर्च पाउने भएका छन् । 
उपचार खर्च पाउँदा सुरुमा आइसोलेसनमा बस्दा प्राप्त गरेको २५ हजार रुपैयाँसहित बाँकी ७५ हजार रुपैयाँसम्मको स्वास्थ्य उपचारका लागि दाबी पाउने छन् । यसका लागि पनि अस्पतालको रिपोर्ट अनिवार्य प्रस्तुत गर्नु पर्ने हुन्छ। बिमा समितिले पहिलो पटक कोरोना बिमा मापदण्ड जारी गर्दा एक लाख रुपैयाँको बिमा गर्दा कोरोना संक्रमण भएपछि एक लाख रुपैयाँ नै दाबी पाउने व्यवस्था गरेको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK