×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैंमा सरकारले ३ हजार खसी र च्यांग्रा उपत्यकामा बिक्री गर्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

दशैंमा सरकारले ३ हजार खसी र च्यांग्रा उपत्यकामा बिक्री गर्ने

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । दशैंका लागि काठमाडौं उपत्यकामा बिक्री गर्न सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले च्याङ्ग्रा र खसी-बोका खरिद गर्न तयारी थालेको छ ।
घटस्थापनासम्म काठमाडौं ल्याई पुर्‍याउने गरी १४ सय च्याङ्ग्रा र १६ सय वटा खसी बोका खरिद गर्ने गरी तयारी गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।
कम्पनीको वाषिर्क कार्यक्रममा उक्त परिमाणको च्यांग्रा र खसी-बोका आयात गर्न ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याइएको उनको भनाइ छ ।
यसवर्ष मुस्ताङबाट १४ सय च्यांग्रा तथा दाङको तुल्सीपुर र मकवानपुरको हेटौंडाबाट १६ सय वटा खसी किन्ने योजना कम्पनीको छ । कम्पनीले खरिद गर्ने च्यांग्रा तथा खसी बोकाको भाउ सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मूल्य निर्धारण समितिको सिफारिसअनुसार हुने छ ।
गतवर्ष दशैंमा संस्थानले ५ सय खसी बोका तथा च्यांग्रा खरिद गरेर सहुलियत मूल्यमा बिक्री गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: