
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीमा जारी निषेधाज्ञा खुकुलो बनाउने निर्णय कार्यान्वयन हुन नपाउँदै अटोरिक्साहरु सञ्चालनमा आएका छन् । गत भदौ ४ गतेदेखी लगाईएको निषेधाज्ञा खुकुलो बनाउने सन्दर्भमा जिल्ला प्रशासन कार्यालय कैलालीले आदेश जारी गर्न नपाउँदै सवारी चालकहरुको चहलपहल बढेको छ ।
कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि गत भदौ ४ गतेदेखी कैलालीमा जारी गरिएको निषेधाज्ञा १४ गतेदेखी पुन ५ दिन थप गर्दै १९ गतेसम्म लम्ब्याईएको थियो । लगातारको निषेधाज्ञा र लकडाउनका कारण विभिन्न वर्ग मर्कामा परेको भन्दै निषेधाज्ञा १९ गते मध्यरातीदेखी खुकुलो बनाउने गरी कैलाली प्रशासनले आदेश जारी गरेको छ । तर प्रशासनले जारी गरेको उक्त आदेश कार्यान्वयन हुन २ दिन बाँकी रहँदा सवारी चालकहरुलाई भने सवारी सञ्चालन गर्नै हतारो भएको छ ।
बुधबार प्रशासनले आदेश जारी गरेसँगै बिहिवार भने धनगढी बजारमा अटोरिक्साको चाप ह्वात्तै बढेको छ । एकाएक अटोरिक्साको चाप बढेसँगै प्रशासनले कारवाही थालेको हो । बजारमा सञ्चालन भएका सबै अटो रिक्साहरुलाई ३० मिनेटसम्म बाटौमै होल्ड गरेर सम्झाईबुझाई गरेको प्रहरीले जनाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्…










Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्