×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा वडा सेनिटाईजका लागि युवा परिचालन, भन्छन्-‘ज्यालामै भएपनि राज्यलाई सहयोग गर्न पाउँदा खुसी छौँ’ ! (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

धनगढीमा वडा सेनिटाईजका लागि युवा परिचालन, भन्छन्-‘ज्यालामै भएपनि राज्यलाई सहयोग गर्न पाउँदा खुसी छौँ’ ! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । धनगढीमा वडा सेनिटाईजको काम शूरु गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण समुदायस्तरमा पुगेको अनुमानसँगै तयारी स्वरुप वडा सेनिटाईजको काम शूरु गरिएको हो । 
धनगढी उपमहानगरपालिका वडा नम्बर ७ र ८ मा युवा परिचालन गरि टोल सेनिटाईज गर्ने काम थालिएको छ । धनगढी उपमहानगरपालिका, सेती प्रादेशिक अस्पताल तथा वडा कार्यालयको सहयोगमा वडामा किटनाशक औषधी छर्किने काम शूरु गरेको वडा नम्बर ७ को नवबुद्ध युवा क्लवका अध्यक्ष निरज विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोना रोकथाम तथा नियन्त्रणमा पहिलो भुमिका हाम्रै हुनुपर्छ, सोहि अनुरुप हामी आफैले युवा परिचालन गरि वडा सेनिटाईज गर्ने अभियान चलाएका हौँ ।’ मुख्य सडकमा ट्याङ्करबाट किटनाशक औषधी छरेको र भित्रि टोलहरुमा भने युव परिचालन गरि सेनिटाईज गरेको विष्टले बताउनुभयो । 
क्लवले खटाएपछि आफुहरु सेनिटाईज गर्नका लागि टोलटोलमा पुग्ने गरेको उक्त कार्यमा संलग्न हिरालाल रानाले बताए । उनले भने, ‘हामीलाई दिनको ६ सय ज्याला दिइएको छ ।’ त्यस्तै गर्मीमा टोल टोल पुग्दा दुःख हुने गरेको भएतापनि केही हदसम्म राज्यलाई सहयोग गर्न पाउँदा खुसी लागेको जीवन चौधरीले भने । वडा र नगरपालिकासँगको समन्वयमा उक्त क्लवले बिहान ८ बजेदेखी मध्यान्न १२ बजेसम्म वडाका विभिन्न क्षेत्र सेनिटाईज गर्दै आएको छ । जसमा वडा नम्बर ८ मा २ जना र वडा नम्बर ७ मा ४ जना गरि जम्मा ६ जनालाई खटाईएको छ । बाँकी फोटो फिचरमा….

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: