×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्याडमिन्टन खेलका सामाग्री खरिदमा अनियमितता, गोविन्द भट्टराईको संयोजकत्वमा छानविन उपसमिति गठन ! (भिडियो)

अर्थ सरोकार

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार

PRIME CA

ब्याडमिन्टन खेलका सामाग्री खरिदमा अनियमितता, गोविन्द भट्टराईको संयोजकत्वमा छानविन उपसमिति गठन ! (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दौरान ब्याडमिन्टन खेलका सामाग्री खरिद तथा वितरणमा भएको अनियमितता भएपछि राष्ट्रिय खेलकुद परिषदले छानबिनका लागि उपसमिति गठन गरेको छ । खेलमा भएको अनियमितताको चौतर्फी आलोचना पछि राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा छानविन उपसमिति गठन भएको थियो । उपसमितिलाई तोकिएको २१ दिनको समय सिमा सकिएपछि पुनः छानविन उपसमितिको म्यान १५ थप गरिएको छ । के के भयो त यो अवधिमा ? 
सागमा ब्याडमिन्टनको म्याट र खेलाडीको जुत्तामा अनियमितता भएको विषयमा चौतर्फी आलोचना भएपछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साउन ३० गते राखेपलाई पत्रमार्फत भ्रष्टाचार छानबिन गर्न निर्देशन दिएका थिए । त्यस अनुरुप राखेप बोर्ड सदस्य समेत रहेका गोबिन्द भट्टराईको नेतृत्वमा उपसमितिले अध्ययनलाई तीव्रता दिएको थियो । २१ दिन भित्र प्रतिवेदन बुझाउनु भने पनि राजधानीमा जारी निषेधाज्ञाका कारण अझै पूरा भएको छैन । उपसमिति संयोजक भट्टराईले केही बयानहरु लिन बाँकी रहेको भन्दै बाँकी प्रमाण जुटाउने काम अन्तिम चरणमा पुगेको र थप गरिएको म्यादमा पुरा हुने बताए । समितका संयोज भट्टराईले सम्बध पदाधिकारीसँग बयान र कागज पत्र संकलनको काम पूरा भइसकेको उहाँले बताउनुभयो ।
२१ दिने समय सिमामा भट्टराई नेतृत्वको ५ सदस्यीय उपसमितिले प्रारम्भिक चरणको गृहकार्य सम्पन्न गरेको छ । समय थप भएपछि बयान लिने काम भएको छ । सम्बन्धित क्षेत्रबाट कागजपत्र लिने काम भइरहेको उहाँले बताउनुभयो । केही व्यक्तिहरुसँग छलफल गरेर मात्रै निष्कर्षमा पुग्न सकिने अवस्था नभएको र बयान लिनुपर्ने व्यक्तिहरु केही उपत्यका बाहिर भएकाले समय लागेको उहाँको भनाई छ । सहज वातावरण बनेपछि ताकिएको समयमा प्रतिवेदनमा बुझाउने उहाँले बताउनुभयो ।
यसका अलावा उपसमितिले सातदोबाटोस्थित राखेप परिसरमा भएको रुप कटानको बारेमा पनि छानविन गरिरहेको छ । यो विषयमा पनि छानविन टोलीलाई जिम्मा दिइएको थियो । सफलता पूर्वक सम्पन्न भएको १३ औं साग प्रतियोगितामा देखिएका यस्ता घटनाक्रमले धेरै प्रश्न उब्जाएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: