×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोरोनाले सुनसान बनायो धनगढीका हाटबजार, व्यापारी भन्छन्- ‘बचेको तरकारी कुहिएरै सकिन थाल्यो’ ! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कोरोना कहरकाबीच यतिबेला धनगढीका हाटबजार सुनसान बन्दै गएका छन् । मुलुकमा कोरोनाको महामारी शूरु भएसँगै संक्रमणको जोखिमलाई मध्यनजर गर्दै हाटबजार बन्द गरिएपछि सुनसान बन्न थालेका हुन् ।
हाटबजार बन्द भएपछि आफ्नो दैनिक गुजारा नै चलाउन मुस्किल परेको तरकारी व्यवसाय गर्दै आएकी रेवती रानाले बताईन । उनले भनिन्, परिवार चलाउने एउटै आशा यहि तरकारी व्यवसाय थियो तर कोरोनाले गर्दा यो आश पनि मारिदियो । त्यस्तै धनगढीको त्रिनगर कृषि उपज हाटबजारमा व्यवसाय गर्दै आएका रासिब कारोजाले तरकारीको व्यापार नै धरापमा परेको बताए । लामो समयको बन्दाबन्दीका कारण हाटबजार सञ्चालन गर्न नपाउँदा स्टकमा रहेको तरकारी पनि कुहिएरै सकिन लागेको छ । उनले भने, हामी घाटामा त थियौँ थियौँ अब त झनै सकस हुन थालेको छ । 
यतिबेला कोरोना कहरकाबीच विभिन्न व्यापार व्यवसाय चौपट भएका बेला तरकारी व्यवसायी पनि निकै समस्यामा परेका छन् । हाटबजारमा अत्याधिक चहलपहल र भिडभाड हुने भएकोले हाटबजार सञ्चालनमा रोक लगाएपछि यतिबेला धनगढीका हाटबजारहरु सुनसान बनेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस् …

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: