×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालय एयरलाइन्सले सार्वजनिक गर्यो नियमित उडानको भाडादर, कुन देशको कति ? (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हिमालय एयरलाइन्सले सार्वजनिक गर्यो नियमित उडानको भाडादर, कुन देशको कति ? (विवरणसहित)

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फिर्ता ल्याउन उद्धार उडानको लागि सरकारद्वारा स्वीकृत भाडादर लागू हुने कम्पनीले उल्लेख गरेको छ । यी भाडाहरु कर र एजेन्सी कमिशनसहितको हो । कुनै ट्राभल एजेन्सीले प्रकाशित भाडादरभन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
हिमालयले विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउन विभिन्न मुलुकबाट गरिने उद्धार चार्टर्ड उडानको भाडादर सार्वजनिक नगरेको छ । जसअनुरुप दमामका लागि ४६५ अमेरिकी डलर, रियादको ४६५, ढाकाको १६५, कुवेतको ३९२ डलर तोकिएको छ । त्यस्तै बहराइन्को ४१०, मालेको ४८०, सिङ्गापुरको ५२० र स्लामाबादको ३५० डरल कायम गरिएको छ ।
हिमालयले नियमित उडान हुने काठमाडाँै–अबुधाबी र काठमाडौँ क्वालालम्पुर गन्तव्यमा हुने उडानको भाडादर निर्धारण गरेको छ । उक्त भाडादर सम्पूर्ण करसहितको छ तर यसमा एजेन्सी सेवा शुल्क समावेश गरिएको छैन । ट्राभल एजेन्सीले उपयुतm सेवा लागू गर्न सक्दछ । 
सरकारले सेप्टेम्बर १ देखि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने निर्णय गरे पश्चात हिमालय एअरलाइन्सले सहजै पिसिआर उपलब्ध गन्तव्यहरु ९छोड्ंछिडं्, क्वालालम्पुर र आबुधाबीको उडान सञ्चालन गर्न अनुमति प्राप्त गरेको छ । पिसिआर परीक्षणको उपलब्धता कठिन भएका अन्य उडान वृत्तखण्डमा सरकारको निर्णय अनुरुप नै चार्टर उडानमार्फत नेपालीलाई स्वदेश फिर्ता गर्ने कार्य सुचारु रहनेछन् ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कोभिड- १९को रोेकथामका लागि सामूहिक लडाइँमा कम्पनीले नागरिकको स्वदेश फिर्ता, कोभिड–१९ को उपचारका लागि स्वास्थ्य उपकरण तथा औषधिको ढुवानी गरी नागरिक र सरकारलाई सहयोग गरेको बताउनुभयो ।  हिमालयले जुन १६ देखि अगष्ट ३१ तारिखसम्मय सम्म ९४ वटा उद्दार उडानमार्फत १५ हजार ६३५ नेपालीलाई स्वदेश फिर्ता गरेको जनाएको छ । -रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: