Skip to content
LAXMI SUNRISE BANK

बिहीबार ३.६२ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चोथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक ३.६२ अंकले बढेर २६२८.६७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४७ कम्पनीको ९४ लाख ३७ हजार ८४२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ८७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआईसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १६ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK