Skip to content
LAXMI SUNRISE BANK

एनआरएन लघुवित्त वित्तीय संस्था लि.का संस्थापक शेयर खरीद गर्न चाहानुहुने संस्थापक शेयरधनी महानुभावहरुलाई जरुरी सूचना

अर्थ सरोकार

यस वित्तीय संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेका संस्थापक शेयर मध्ये आंशिक÷पुरा शेयरहरु बिक्री गर्ने इच्छा राखी निवेदन दिनु भएको र उक्त निवेदन संचालक समितिको बैठकमा पेश हुँदा रित पु¥याई बिक्री अघि बढाउने निर्णय भएकोले उक्त संस्थापक शेयर खरीद गरि लिन इच्छुक हाल कायम यस वित्तीय संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था रहेकोले संस्थापक शेयरधनीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 
यदि कुनै संस्थापक शेयरधनी महानुभावलाई उक्त संस्थापक शेयर खरीद गरि लिन इच्छा भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय धनगढी २, कैलालीमा के कति शेयर खरीद गरी लिनु हुने हो सोको व्यहोरा खुलाई निवेदन दिनुहुन सूचित गरिन्छ । 
संस्थापक शेयर खरीद गरी लिने सम्बन्धमा तोकिएको उक्त म्यादभित्र कायम संस्थापक शेयरधनी महानुभावहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई बिक्री गर्ने सम्बन्धी आवश्यक कारवाही अघि बढाइने व्यहोरा समेत सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
इन्द्र कुमार शाह
कम्पनि सचिब
एनआरएन लघुवित्त वित्तीय संस्था लि.
धनगढी २, कैलाली ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK