×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : मनाङको फुगाउँबाट चामेतर्फ खच्चडमा ग्यास लग्दै, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले मनाङको फुगाउँबाट चामेतर्फ खच्चडमा ग्यास लग्दैदेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
मनाङको नार्पाभूमि गाउँपालिकाको फुगाउँबाट चामेतर्फ बोकेर ग्यास ल्याउँदै गरेका खच्चड र खच्चडलाई बाटो छोड्दै छ्याचेबाट फुगाउँमा घर निर्माणका लागि काठ बोकेर लैजाँदै गरेका युवक । यहाँ ल्याउने खाद्यान्नलगायत अन्य सामान कि मानिसले बोकेर ल्याउनुपर्छ, वैकल्पिक रुपमा कि खच्चडमार्फत ढुवानी गर्नुपर्छ । 
मनाङको नार्पाभूमि गाउँपालिकाको फुगाउँबाट चामेतर्फ खच्चडमा ग्यास बोकाएर ल्याइँदै । 
धुलिखेल उद्योग वाणिज्य सङ्घको व्यवस्थापन, काठमाडौँ विश्वविद्यालय र रोटरी क्लब अफ धुलिखेलको सहयोगमा व्यावसायिक रुपमा उत्पादन गरेको मास्क प्याकिङ गर्दै महिला ।
थापाथलीको खाद्य व्यवस्थापन तथा बजार कम्पनीमा मङ्गलबार उपभोक्तालाई बिक्री गर्न प्याज मापन गरिँदै । कम्पनीले प्याज प्रतिकेजी रु ६० मा बिक्री गरेको छ ।
बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलाका किसानले व्यावसायिक रुपमा गरेको बन्दा खेती । गुरुखोला तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित छ । 
मुगुको छायाँनाथ रारा नगरपालिका–४, भामवाडा गाउँका किसानले आ–आफ्नो घरमा सुकाएको कोदो ।
पोखरा–बुटबल सडकखण्ड (सिद्धार्थ राजमार्ग) को भालुपहाडमा सडक चौडा बनाइँदै । राजमार्गको विस्तार र स्तरोन्नतिका क्रममा सो राजमार्ग हुँदै यात्रा गर्नेहरु केही समय रोकिनुपर्ने अवस्था रहेको छ । 
बजार अनुगमनका क्रममा भेटिएको अखाद्य वस्तुलाई सरोकारवालाको रोहवरमा नष्ट गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका कर्मचारी । 
जुम्लाको सदरमुकाम खलङ्गास्थित शेराज्यूलामा उत्पादित इटालियन फुजी जातको स्याउ बिक्रीका लागि बजार लैजानुअघि ग्रेडिङ गर्दै कृषक । 
साकेला गाउँपालिका–४ मात्तिमस्थित आहालेका कृषक समूहले उत्पादन गरेको फलफूलको नर्सरीलाई व्यवस्थापन गर्न सिकाउँदै कृषि प्राविधिक कुसुम आचार्य । जिल्लाको सबैभन्दा सानो उक्त गाउँपालिकाको हरेक वडामा ‘एक गाउँ, एक उत्पादन’ अभियान शुरु गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: