×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : लकडाउन हटेसंगै सवारी चढ्न यात्रुको भिड, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

PRIME CA

देश बोल्ने फोटो कथा : लकडाउन हटेसंगै सवारी चढ्न यात्रुको भिड, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

४ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले लकडाउन हटेसंगै सवारी चढ्न यात्रुको भिडदेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 

हेरौं फोटो समाचार :

जुम्ला सदरमुकाम खलङ्गा बजारबाट आफ्नो गन्तव्यतर्फ जान टेम्पू चढ्न यात्रुले गरेको भीडभाड । 
रघुगङ्गा गाउँपालिका–४ स्थित अजिङ्गर भीरमा डोरीको सहायताले यात्रा गरिँदै । यहाँ पहाड फुटाएर सडक निर्माणको काम भइरहेको छ ।
विदेशबाट फर्किएका पाँच जना युवाले म्याग्दीको बेनी नगरपालिका–४, सिंगा डाँडाखेतका रु दुई करोड लगानीमा सञ्चालन गरिएको बाख्रा फर्म पालिएका बाख्रा ।
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनिबोट नजिकैको सात घरमा क्षति पुग्ने गरी गत भदौ २९ गते गएको पहिरो । पहिरोस्थल नजिकै जोखिममा रहेका घर ।
तानसेन नगरपालिकाको सिलखान टोलमा तरकारी किनबेच गरिँदै ।
शुक्रबार साँझबाट निरन्तर परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले शनिबार बिहानबाट अवरुद्ध बनाएको बेँसीशहर चामे सडकअन्तर्गत नगरपालिका ६ खरखरेभीरको पहिरो हटाउँदै । सडकमा माथिबाट आएको पहिरोले करिब १ सय मिटर सडक अवरुद्ध बनाउँदा सवारीसाधनहरु रोकिएका छन् । 
प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनाल र पाल्पाको निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुसँग कालीगण्डकी नदी दोहन गरेर ढुङ्गागिट्टी निकासा भएको गुनासो गर्दै निस्दी बाकामलाङका नागरिक ।
पाल्पाको रामपुर नगरपालिका वडा नं १ र निस्दी गाउँपालिका वडा नं १ जोड्ने कालीगण्डकीको दोभान साखर्दी खोलामा पक्की पुल बनेपछि आवतजावतमा सहज । यहाँ पुल नबन्दा वर्षायामका बेला कालीगण्डकीको पानीको बहाव खोलाको माथि भागसम्म पसेपछि आवतजावतमा स्थानीय तथा यात्रुले निकै कष्ठ भोग्न बाध्य थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: