×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : कोभिड – १९को सङ्क्रमणका कारण स्वदेश फर्किएका नागरिकहरु पुनः भारत फर्किदै, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले कोभिड – १९को सङ्क्रमणका कारण स्वदेश फर्किएका नागरिकहरु पुनः भारत फर्किदैदेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 

हेरौं फोटो समाचार :

सुदूरपश्चिम प्रदेशको गौरीफण्टा सीमा नाकामा भारत जान लामबद्ध नेपाली । भारतमा बढेको कोभिड—१९को सङ्क्रमणका कारण विगतमा स्वदेश फर्किएका नागरिक यहाँ मजदुरी गरेर जीविका चालाउन नसकेको भन्दै पुनः भारत जान लागेका छन् ।
गुल्मीको सदरमुकाम तम्घासस्थित चिदिचौरमा बदाम, टिका, रङलगायतका सामग्री बेच्दै नागरिक । लकडाउन केही खुकुलो र जनजीवन सहज हुँदै गएसँगै सडकको छेउछाउमा विभिन्न सामग्रीहरु बिक्री गरेर नागरिकले आफ्नो गुजारा चलाउँदै आएका छन् । 
बागलुङ नगरपालिका–३ कृषि गाउँका अगुवा कृषक नारायण शर्माको नारायण कृषि फमर्ममा व्यावसायिक रुपमा पाल्दै आएको बोइलर कुखुरा । शर्माले कुखुरा र माछापालनबाट मासिक रु. एक लाख बचत गर्दै आउनुभएको छ ।
गत भदौ २५ गतेको बाढीले पोखरा–२५ हेमजास्थित सुँईखेत खोलाको धार परिर्वतन गरेपछि शुक्रबार देखिएको शेरा गाउँ जोड्ने मोटरेबल पुल । सो खोलाको धार परिवर्तनपछि पुलको क्षति अवलोकन गर्दै गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बराललगायत ।
भोजपुर नगरपालिका– ५ बोखिमकी कृषक प्रतीक्षा श्रेष्ठले बिक्री लागि टिपेर राखेको अकबरे खुसार्नी । यो खुसार्नी स्थानीय बजारमा रु. २५० देखि रु. ३०० मा बिक्री हुने गरेको छ । यातायातको सुविधा भएसँगै भोजपुरमा उत्पादन भएको खुसार्नी धरान, विराटगर तथा काठमाडौँसम्म जाने गरेको कृषकको भनाइ छ । 
चार दिनदेखि लगातार परेको पानीसँगै हावाले पाक्नै लागे धान ढलाएपछि मुट्ठा बाँधेर ठडाउँदै बढैयाताल गाउँपालिका– ९ कान्तिपुर सुकुमवासी बस्तीका किसान ।
बर्षाका कारण धनगढीको सहिद गेट – क्याम्पस रोडअन्तर्गत वडा नं १ शिवनगरस्थित हिलाम्य सडक । सडकहरु निर्माण हुँदा ठेक्केदारहरुको लापरबाही र सरोकारवालाको अनुगमनको कमीका कारण कालोपत्रे सडकहरु गुणस्तरहिन भइफुटेर तथा खाल्डाखुल्डी भइ कम बर्षाले पनि पानी जम्ने, हिलाम्य हुनेलगायतका समस्या देखा पर्ने गरेका छन् । 
अविरल वर्षाका कारण खोलामा पानीको सतह बढदो मात्रामा । वर्षाले पाल्पामा पहिरोले मानवीय तथा भौतिक क्षति गरेको छ । 
पाल्पा बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरोको जोखिम सडक ।

भेरी नगरपालिका – ३ बागलुङ होटल नजिक सडक भत्किदा पहिरोले जाजरकोट – डोल्पा सडक खण्डमा भएको अवरोध ।

ठेकेदार कम्पनीको लापरवाहीले कालोपत्रको काममा ढिलाइ हुँदा हिलाम्मे बनेको महुरे–फोक्सिङटार सडक । भारत कन्ट्रक्सन सिद्धी–शाही जेभीले २०७७ साउन ११ गते सम्पन्न गर्ने गरी कालोपत्रको जिम्मा लिएपनि उक्त सडकको काम सम्पन्न भएको छैन ।
भारतीय ग्राहकमा निर्भर रहेको भीमदत्त नगरपालिका वडा नं ९ मा रहेको ब्रम्हदेव बजार । सीमा क्षेत्र बन्द गरिएपछि बजार क्षेत्रको व्यापारिक गतिविधि ठप्प रहेको छ । 
डोटीको शिखर नगरपालिका–१ का किसान गणेश भट्ट आफुले उत्पादन गरेको अलैंची केलाउँदै । जिल्लामा पछिल्लो समय अलैंची खेतीप्रति किसानको आकर्षण बढेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: