×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिरहामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?

GLOBAL IME BANK

सिरहामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सिराहा
  • अर्थ सरोकार सम्बाददाता 
सिराहा । सिराहामा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । मृतक मिर्चैया नगरपालिका–६ का रहेको जनाइएको छ । भदौ १० मा उपचारका लागि भर्ना भएका उनको उपचारकै क्रममा  ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जनाए ।
भदौ ९ गते संक्रमण पुष्टि भएका उनलाई स्वाशप्रस्वाशमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । यो सहित सिरहामा करोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: