×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा: नविन उपभोक्ता सहकारीमा युरिया मल लिन कृषकको भीड, देशभर कहाँ-के भयो ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले नविन उपभोक्ता सहकारीमा युरिया मल लिन कृषकको भीडदेखि  पहिरोले सडक बगएपछि म्याग्दीमा खच्चडबाट खाद्यान्न ढुवानीसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
तनहुँको दमौलीस्थित नविन उपभोक्ता सहकारी संस्थामा युरिया मल लिनका लागि शुक्रबार बिहानैदेखि जम्मा भएका सर्वसाधारण । जिल्लामा केही समयदेखि मलको हाहाकार छ ।
सरकारले जारी गरेको निषेधाज्ञाका कारण बिहान सवा नौ बजेसम्म मात्र पसल खोल्न पाउने भएपछि काठमाडौँ– १६ स्थित ढुङ्गेधारा मिनी मार्केट प्रालिमा बिहानैदेखि तरकारी तथा फलफूल किन्ने सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । 
म्याग्दीको धौलागिरि गाउँपालिका– ६ मराङबाट खाद्यान्न लिनका लागि दरबाङतर्फ आउँदै गरेका खच्चड । पहिरोले सडक बगएपछि विगत दुई महिनायता खच्चडबाट खाद्यान्न ढुवानी हुँदै आएको छ ।
तनहुँको दमौलीस्थित नवीन उपभोक्ता सहकारी संस्थामा बिहीबार ट्रकबाट युरिया मल झार्दै । मल आउने खबर पाएपछि शुक्रबार बिहानैदेखि सर्वसाधारणको भीड लागेको छ । 
प्रदेश सरकारको बजेटमा डोटीको दिपायल सिलगढी नगरपालिका– ४ र ५ जोड्ने सेती नदीमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीलाई नदी तर्न सहज भएको छ ।
म्याग्दीको मालिका गाउँपालिका– ७ विममा पहिरोले बगाएको सडक मर्मत गर्दै मजदुर ।
मालपोत कार्यालय तनहुँमा सेवा लिन आएका सेवाग्राही । कोभिड– १९ लाई दृष्टिगत गर्दै कार्यालयले यहाँ रहेका दश पालिकाको बार अनुरुप काम गर्ने तालिका निर्धारण गरेको छ । 
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित कोत्रेमा बालुवा र सिमेन्टबाट बिद्युत पोल निर्माण गरिने एक उद्योग । 
बनेपाका युवा व्यवसायीले बनेपा नगरपालिका–९ नयाँ बस्तीमा गरेको चण्डेश्वरी फ्लोरिकल्चर फर्मको ग्रीन हाउसभित्र ढकमक्क फुलेको जिप्सी फूल । कोरोना भाइरस महामारीका कारण बजार ठप्प भएपछि पुष्प व्यवसाय चिन्तित बनेका छन् । 
डोटीको दिपायलस्थित पिपल्ला गाउँका सुरज विकले रु ४० हजारको लागानीमा पालेका उन्नत जातका लोकल कुखुरा । अहिले बजारमा लोकल कुखुराको माग बढ्न थालेपछि उहाँले चितवन जिल्लाबाट लोकल कुखुराका चल्ला मगाएर पाल्नु शुरु गरेका छन् ।
पश्चिम जाजरकोटको शिवालय गाउँपालिकाबाट नेपालगन्जतिर बिक्रीका लागि ट्याक्टरमा राखेर लाँदै गरेका भैँसी । 
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्याली नदीको बगरमा चर्दै गरेको भेँडा । भेँडापालनका लागि चरनको अभाव हुँदा भेँडापालक घट्दै जान थालेका छन् ।
पाल्पाको तानसेनको कैलाशनगरबाट पर्यटकीय नगरी श्रीनगर डाँडा जाने सडक पानीले खाल्डो बन्दै । खाल्डो सडकमा यातायातका साधन सञ्चालनमा समस्या हुँदै आएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: