×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महामारीका बेला अस्पतालहरुको ‘झुटको खेती’ : बेडहरु खाली छन्, तर ‘खाली छैन’ भनेर बिरामी फिर्ता पठाईन्छन्…!

PRIME CA

महामारीका बेला अस्पतालहरुको ‘झुटको खेती’ : बेडहरु खाली छन्, तर ‘खाली छैन’ भनेर बिरामी फिर्ता पठाईन्छन्…!

१४ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । अस्पतालप्रति मानिसहरुको भरोसा ठुलो छ । अझ कोरोना महामारीका बेलामा त अस्पताल भनेको ज्यान जोगाउने भरोसा नै हो । तर यहि बेला अस्पतालहरुले भने संक्रमितको भावनाकै व्यापार गरिरहेको पाइएको छ । देशभरका अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएका आधाभन्दा धेरै आइसोलेसन बेड खाली छन् । तर पनि अस्पतालहरूले संक्रमितलाई ‘बेड खाली छैन’ भन्दै फिर्ता पठाइरहेको पाइएको छ । 

जनस्वास्थ्यमाथि यस्तो गम्भीर खेलबाड भइरहँदा स्वास्थ्य मन्त्रालय भने कानमा तेल हालेर बसेको छ । कुन बेड खाली छ ? कति खाली छन् ? भन्ने हेर्ने प्रभावकारी सफ्टवेयरको व्यवस्था नहुँदा अस्पतालहरूले  यस्तो झुटको खेती गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयबाट प्राप्त बिहीबारसम्मको तथ्यांकअनुसार काठमाडौंमा कोभिड उपचार हुनेमध्ये दुईवटामा मात्रै क्षमताअनुसार चाप छ । टेकु अस्पतालका ५८ बेडमध्ये ५१ मा बिरामी छन् । त्यस्तै, स्टार अस्पतालका २१ बेडमध्ये सबै बेडमा बिरामी छन् । बाँकी सबै अस्पतालमा प्रशस्त मात्रामा बेड खाली छन् । तर पनि न स्वास्थ्य मन्त्रालयलाई यस विषयको चासो छ, न सरकारलाई । आखिर दुख पाउने बेलामा जनताले नै दुख पाईरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: