×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

चाडपर्वको रौनकले बसपार्कमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कमजोर हुँदा जोखिम उच्च ! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । चाडपर्व नजिकिएसँगै धनगढीको बसपार्कमा चहलपहल बढेको छ । कोरोना भाइरसको (कोभिड १९) को संक्रमणकै बीच यात्रुहरु गृहजिल्ला जाने क्रम बढेपछि चहलपहलमा पनि वृद्धी भएको हो । लामो समयदेखीको बन्दाबन्दीमा थला परेको यातायात व्यवासायलाई सहज हुने गरी सरकारले सवारी सञ्चालन गर्नेगरी मापदण्ड निर्माण गरेपछि सवारी साधन व्यस्त बनेका छन् । 
बसपार्कमा पुग्ने अधिकांश यात्रुहरु प्राय सबैजना चाडपर्व मनाउन गृहजिल्ला जानका लागि पुग्ने गरेका छन् । सरकारले सवारी साधन सञ्चालनका लागि निश्चित मापदण्ड तयार पारेको भएतापनि उक्त आदेश वा मापदण्डको पालना भने निकै कमजोर देखिएको छ । संक्रमण न्युनिकरणका लागि अति आवश्यक मानिने मास्क तथा सेनिटाईजरको प्रयोगमा पनि यात्रुहरुले कन्जुस्याई गरेको देखिएको छ । जसका कारणले संक्रमणको जोखिम निकै नै देखिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्…


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: