×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैंको सपिङ्गले भुलायो कोरोनाको डर, मास्क बिनै उपभोक्ता पसल धाउँदै, १० तस्विरमा हेर्नुहोस् यसरी बढ्दै छ संक्रमणको जोखिम ! (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

दशैंको सपिङ्गले भुलायो कोरोनाको डर, मास्क बिनै उपभोक्ता पसल धाउँदै, १० तस्विरमा हेर्नुहोस् यसरी बढ्दै छ संक्रमणको जोखिम ! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । ‘दशैँ’ हिन्दु नेपालीहरुको महान चाड । दशैँमा नयाँ लुगा लगाएर आफन्तको टिका थाप्ने तथा मान्यजनहरुबाट आशिर्वाद ग्रहण गर्ने चलन सदियौँ देखी चल्दै आएको छ । रातो टिका, कानमा जमरा, मान्यजनको आशिर्वाद र नयाँ नोट दशैँको विशेषताको रुपमा प्रख्यात बनिसकेको छ । सोही चाड घर आँगनमै आईसकेको बेला यतिबेला बजारहरुमा सपिङ्ग गर्नेहरुको आशलाग्दै भिड देखिन थालेको छ । 
यसपालीको दशैँ अन्य वर्षको जस्तो त पक्कै हुँदैन तर बजारमा देखिने चहलपहल र गाउँघरमा देखिने रौनकले दशैँ आएको अनुभुति सारा नेपालीहरुले गर्न थालेका छन् । कोरोना भाईरस (कोभिड १९) को संक्रमणले निराश बनाएको अनुहार दशैँको आगमन र सपिङ्गले चम्किला देखिएका छन् । संक्रमणका बीच सुनसान बनेको धनगढी बजार अहिले भने निकै व्यस्त बनेको छ । बजारमा देखिने भिडका अधिकांश मानिसहरु मास्कको प्रयोग नै नगरी पसल पसल पुग्ने गरेका छन् । दैनिक संक्रमणको दर बढीरहेका बेला नागरिक स्तरबाट हुने यस्तो गल्तिका कारण अवस्था भयावह बन्ने सम्भावना प्रवल रुपमा देखिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्…
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: