×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओली सरकारको निर्देशन टेर्न छोडे जनताले, ज्यानको रिस्क मोलेर पनि सरकारी आज्ञाको उल्लङ्घन… (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

ओली सरकारको निर्देशन टेर्न छोडे जनताले, ज्यानको रिस्क मोलेर पनि सरकारी आज्ञाको उल्लङ्घन… (भिडियो रिपोर्ट)

११ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ / अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धर्मावलम्वीहरु पुजाअर्चनाका विभिन्न  शक्तिपिठहरुमा पुग्ने गर्दछन्, जुन अहिले सरकारले बन्द गर्नु भनेको छ । तर सरकारको निर्देशनको अटेरी गर्दै हजारौं भक्तजनहरु धनगढीका मठमन्दिरहरुमा पुगेका छन् ।कोरोना भाइरस (कोभिड १९) संक्रमण दिनप्रतिदिन फैलिरहेका बेला जोखिमलाई मध्यनजर गर्दै सरकारले मठमन्दिरहरुमा भिडभाड तथा पुजाआजा गर्नमा प्रतिबन्ध गरेको थियो ।
तर नवरात्रीको आठौँ दिन अर्थात महाअष्ठमीको दिनसम्म सुनसान बनेका धनगढीका शक्तिपिठहरु महानवमीको दिन निकै भरिभराउ देखिएका छन् । मन्दिरका गेटमा कोभिडको कारण देखाउँदै पुजाआज गर्न निषेध गरिएको पम्प्लेट लगाईएका छन् तर मन्दिरको भिडभाड भने निकै उदेगलाग्दो देखिएको छ । 
पारम्परिक मुल्यमान्यता र धार्मिक आस्था बोकेर मन्दिर प्गेका धर्मावलम्विहरुमा उत्साह देखिएको भएतापनि कोरोना संक्रमणको डर भने यथावत् नै देखिन्थ्यो । सामाजिक दुरी तथा भौतिक दुरी कायम नहुँदा कोरोना संक्रमणको जोखिम भने त्यत्तिकै मात्रामा देखिन्छ । यद्यपी प्रायजसो सबैले मास्कको प्रयोग गरेको भएतापनि जोखिम भने कम पक्कै थिएन । यस विषयमा सम्बन्धित सबैको ध्यान जान जरुरी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: