Skip to content
LAXMI SUNRISE BANK

कैलालीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । कैलालीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-२ कि ५७ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । कात्तिक १० गते कडा खालको निमोनिया भएपछि अस्पताल आएकी महिलामा १२ गते कोरोना संक्रमण पुष्टी भएको थियो । १२ गते उनलाई अस्थायी कोरोना अस्पतालमा सारिएको थियो ।
सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । आईसीयूमा भर्ना भएकी महिलाको बिहान करिब ५ः३० मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK