×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनासँग लडन र दशैंको बेला कस्तो खाना खाने ? यस्तो छ पोषणविद् ठकुराठीले दिएको सुझाव…! (भिडियो)

PRIME CA
GLOBAL IME BANK

कोरोनासँग लडन र दशैंको बेला कस्तो खाना खाने ? यस्तो छ पोषणविद् ठकुराठीले दिएको सुझाव…! (भिडियो)

४ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । कोभिड संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्य वस्तु कम खान पोषणविद् डा. मनसा थापा ठकुराठीले सुझाव दिनुभएको छ । दशैंको समयमा छोटो अवधिमा धेरै प्रकारका खाद्य वस्तु खाँदा रोग प्रतिरोधात्मक क्षमतामा कमि आउने डा. ठकुराठीले बताउनुभयो । खासगरी दशैंमा माछामासु, पेय पदार्थ, गुलियो पेय पदार्थ, मिठाइजन्य बस्तुहरुको उपभोग बढी गरिने प्रचलन रहेकाले त्यसलाई कम गर्न उहाँको सुझाव छ । 
कोभिड १९ संक्रमणसँग लडन पनि खानेकुरामा विशेष ख्याल गर्नुपर्ने र दशैंको बेला ख्याल नहुन सक्ने भन्दै विशेष ध्यान दिन उहाँले जोड दिनुभएको छ । मासु र दहि शरिरका लागि आवश्यक खाद्य वस्तु भएकाले पनि ठिक मात्रामा खान आग्रह गर्नुभयो । तर पेय पदार्थ, गुलियो पेय पदार्थ, मिडाइजन्य बस्तु नखादा सबैभन्दा राम्रो गर्ने उहाँको भनाई छ । छोटो अवधिमा अनियन्त्रिक किसिमबाट खानेकुरा खाँदा छिटो मोटोपन बढ्ने र त्यसले शरिरमा असजिलो ल्याउने मात्र नभई रोगब्याधी समेत आउन सक्ने भएकाले ख्याल गर्नुपर्ने डा. ठकुराठीले बताउनुभयो । 
मोटो पन बढ्दा ब्लड प्रेसरमा उतारचढाव हुने, मुटुमा समस्या आउनसक्ने, रगतमा चिनिको मात्रा बढ्ने लगायतका समस्या आउने भएकाले पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । दशैंका बेला मुला, काँक्रो, कागतिको सेवन दैनिक रुपमा गर्नपनि उहाँको सुझाव छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: