- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । दशैंपछिको कारोबारको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ । आज (बिहिबार) छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर प्रति तोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेर प्रति तोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
दशैँ अघि छापावाला सुन प्रति तोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो भने चाँदी प्रति तोला एक हजार २ सय ३० रुपैयाँमा रहेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहिबार) प्रति १० ग्राम सुनको मूल्य ८१ हजार १ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ११ रुपैयाँ ५ पैसा कायम गरेको छ ।