×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाली प्रहरीले भेट्टायो लाखौँको झोला, फिर्ता गरेपछी मञ्जु मख्ख !

PRIME CA
GLOBAL IME BANK

कैलाली प्रहरीले भेट्टायो लाखौँको झोला, फिर्ता गरेपछी मञ्जु मख्ख !

१४ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
कैलाली । कैलालीमा प्रहरीले १ लाख नगद सहितको झोला फेला पारेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले करिब एक लाख नगद, मोबाइल र गहना भएको झोला भेटाएको हो । नगदसहित फेला पारेको उक्त झोला प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।
बिहीबार दिउँसो साढे ४ बजेको समयमा टीकापुर–लम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको लेडिज ब्याग फेला पारेका थिए । उक्त झोलाभित्र ९९ हजार ६ सय ४० नगद, मोबाइल, एक जोर पाउजु र एटीएम कार्ड रहेको थियो ।
झोला टीकापुर नगरपालिका–१ ब्लक नं १९ का मञ्जु कुँवरको रहेको र उनलाई बोलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए । झोला फिर्ता गरेपछी मञ्जुले प्रहरीलाई धन्यवाद दिएकी छिन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: