- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । दशैँपछिको पहिलो दिन सेयर बजार बढेको छ । सेयर कारोबार खुल्ला भएसंगै ४१.२० अंकले बढेर १६४७.४५ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८८ कम्पनीको ९३ लाख २२ हजार ८५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ७२ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार ग्लोबल आइएमइ बैंकको भएको छ । यस कम्पनीको कुल २० करोड ६५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : प्राइम बैंक र प्रभु बैंकको कारोबार भएको छ ।
यता बुधबारको कारोबारमा व्यापार उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै प्राइम बैंक र नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै पन्चकन्या माइ हाइड्रोपावर र रिडी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।