×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : हेटौँडा बजारमा उपभोक्ताको पर्खाइमा बसेका माछा व्यापारी, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : हेटौँडा बजारमा उपभोक्ताको पर्खाइमा बसेका माछा व्यापारी, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले हेटौँडा बजारमा उपभोक्ताको पर्खाइमा बसेका माछा व्यापारीदेखि देशभर अरु कहाँ-के भयोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 

हेरौं फोटो समाचार : 

मकवानपुरको हेटौँडा बजारमा उपभोक्ताको पर्खाइमा बसेका माछा व्यापारी ।
दशैँ पर्वलाई लक्षित गरेर डोल्पाबाट म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम हुँदै सदरमुकाम बेनीतर्फ ल्याइँदै गरेका भेडा ।
डोटीको पिपल्लास्थित साजन एग्रोभेटमा तरकारीबालीमा लागेको कीरा मार्ने कीटनाशक औषधि किन्दै किसान । बारीमा लगाएको सागमा पुरै कीरा लागेर बिग्रिन थालेको किसान बताउँछन् ।
दशैँ पर्व नजिँकिएसँगै बढैयाताल गाउँपालिका–६ मैनापोखरका थारू महिला घर लिपपोत गर्न माटो लिएर घरतर्फ आउँदै । 
भक्तपुरको सूर्यविनायक नगरपालिका– ७, गुन्डुमा मखमली फूल टिप्दै कृषक । कोभिड –१९ को कारण यस वर्ष फूलको व्यापार घट्ने अनुमान कृषकले गरेका छन् । त
भक्तपुरको सूर्यविनायक नगरपालिका– ७, गुन्डुमा मखमली फूलको तयारी माला मिलाएर गर्दै किसान । तिहारमा एउटा मालाको रु ३० देखि ४५ सम्ममा बिक्री हुने अनुमान कृषकले गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: