- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मल्टिपर्पस फाइनान्स र हिमालयन डिष्टिलरीको सेयर कारोबार फुकुवा भएको छ । यी दुई कम्पनीको सेयर कारोबार सोमबारदेखी फुकुवा भएको हो । नेप्सले मल्टिपर्पस फाइनान्स कम्पनी र हिमालयन डिष्टिलरीको सेयर कारोबार फुकुवा गरेको जानकारी दिएको हो ।
वार्षिक शुल्क नबुझाएका कारण उक्त दुई कम्पनीको सेयर कारोबार आइतबार रोक्का गरिएको थियो । वार्षिक शुल्क नबुझाएका कारण आजदेखि उक्त कम्पनीको सेयर कारोबार गर्न सकिनेछ । नेप्सेले यी कम्पनीसहित २५ कम्पनीको शेयर कारोबार रोकका गरेको थियो ।