Skip to content
LAXMI SUNRISE BANK

कोरोनाले सुनसान बनायो धनगढीका शक्तिपिठ, पुजारी भन्छन्- ‘धार्मीक स्थलप्रति सरकारको नजरिया नै फरक पर्यो…!’ (फोटो-कथा)

अर्थ सरोकार

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । दशैँ, तिहार हिन्दु नेपालीहरुको महान् चाड हो । यो विशेष चाडको अवसरमा देशैभरीका प्राय सबै मठमन्दिर तथा शक्तिपिठहरुमा धर्मावलम्विहरुको घुइँचो लाग्ने गर्दछ । तर कोरोना माहामारीका कारण यसपाली भने ति शक्तिपिठहरु सुनसान बनेका छन् । 
सुदूरपश्चिमको मुख्य व्यापारीक शहर धनगढी आफैमा धार्मीक रुपमा निकै ठूलो आस्था बोकेको शहर हो । सुदूरपश्चिम प्रदेशको महत्वपुर्ण पर्यटकिय धार्मिकस्थल शिवपुरी धामदेखी पुरातात्विक आस्था बोकेको घोडाघोडीजस्ता कयौँ धार्मीक स्थल यहाँ अवस्थित रहेका छन् । चाडपर्वको समयमा अत्यन्तै भिडभाड हुने यि क्षेत्र अहिले भने एक्लो बन्दै गएका छन् ।
कोरोना संक्रमणको जोखिम सबै ठाउँमा छ तर धार्मीक स्थललाई मात्रै तारगेट बनाएको पुजारीहरुले गुनासो गरेका छन् । धनगढीको नैनादेवी मन्दीरमा मुख्य पुजारी भुमिराज जोशीले धार्मीक स्थलप्रति सरकारको दृष्टिकोण नै फरक रहेको बताए । सरकारकालाई प्रश्न गर्दै उनले भने, ‘जुलुस गर्दा कोरोना नलाग्ने, सरकारी कार्यालयमा भिड गर्दा कोरोना नलाग्ने तर मन्दिर खोल्दा कोरोना लाग्ने यस्तो पनि हुन्छ ?’ त्यस्तै मन्दिर नजिकै पसल राखेका सुरेन्द्र पन्तले मन्दिरमा चहलपहल शुन्य हुँदा व्यापार चौपट भएको गुनासो गरे । बाँकी फोटो फिचरमा हेर्नुहोस्…
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK