×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लाइफ इन्स्योरेन्सको खुद बिमा शुल्क ११४.६२ प्रतिशतले बढ्यो, कति कमायो नाफा ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

गुराँस लाइफ इन्स्योरेन्सको खुद बिमा शुल्क ११४.६२ प्रतिशतले बढ्यो, कति कमायो नाफा ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ४ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ३३.८८% ले धेरै हो । अघिल्लो वर्ष यसले ३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै, कम्पनीको खुद बिमा शुल्क पनि ११४.६२% ले बढेर ९६ करोड २६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा ४४ करोड ८५ लाख रुपैयाँ मात्र खुद बिमा शुल्क आर्जन गरेको थियो । जीवन बिमा कोषको आकार पनि ६ अर्ब २३ करोड रुपैयाँबाट बढाएर ८ अर्ब ५० करोड रुपैयाँ पुर्याएको छ ।
यो असोजमसान्तसम्म संस्थाले ४ करोड २९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । हाल यसको चुक्ता पुँजी १ अर्ब ८७ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५६ करोड ६२ लाख रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ रहेको थियो । कम्पनीले महाविपत्ति कोषको लागि ४ करोड ९६ लाख रुपैयाँ राखेको छ । 
यता, बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ११ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८२ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: