
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचकले ऐतिहासिक रेकर्ड कायम गरेको छ । आइतबारको तुलनामा आज बजार २८.७९ अंकले बढेर १९९७.०५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल १९८ कम्पनीको २ करोड ५१ लाख ९१ हजार ३ सय १९ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ८६ करोड ७७ लाखमाथिको कारोबार भएको छ । नेप्से परिसूचकले नयाँ रेकर्ड राखेसंगै लगानीकर्ताहरु उत्साहित बनेका छन् ।
आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको कुल ३८ करोड ४८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश नेपाल पुनर्बीमा कम्पनी र प्रभु बैंकको भएको छ । कारोबारमा आएका समूहमध्ये ४ समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर, माथिल्लो तामाकोशी हाइड्रोपावर र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले कमाएका छन् । साथै विशाल बजारका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्