×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार सेयर बजारमा अर्को नयाँ रेकर्ड, झण्डै ७ अर्बको कारोबार, लगानीकर्ता भए मख्ख !

PRIME CA

आइतबार सेयर बजारमा अर्को नयाँ रेकर्ड, झण्डै ७ अर्बको कारोबार, लगानीकर्ता भए मख्ख !

७ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन पनि नेप्से परिसूचक बढेको छ । बिहीबारको तुलनामा बजार ४.६९ अंकले बढेर १७८२.८१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २०१ कम्पनीको १ करोड ६० लाख ३४ हजार ७ सय १७ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ९० करोड ६७ लाख २८ हजारमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको कुल ५७ करोड ९१ लाखमाथिको कारोबार भएको छ ।
त्यसपछि कारोबार क्रमश : नेपाल लाइफ इन्स्योरेन्स र नेपाल दुर संचार कम्पनीको कारोबार भएको छ । आज सबै उपसुचक बढेका छन् । यस्तै आज सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फण्ड र जानकी फाइनान्स लगानीकर्ताले कमाएका छन् ।  साथै आज बैंकिङ, डेभलपमेन्ट बैंक र अन्यका बाहेकका सबै उपसमूहहरु घटेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: